रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, २१ माघ २०७७, १७ : २९
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार स्थानीय २० वर्षीय रवि कुमार तिवारीको ठक्करपछि उपचारको क्रममा मेडिकल कलेज भैरहवमा मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण