कविता: ए सिंहदरबार!
-भुवन रोका “मित्रजी”
ए सिंहदरबार!
मैले पढेको त्यो गणितको नियमले
किन नाप्न सकेन
मेरो देशको क्षेत्रफल?
अनि
कसरी नापियो
त्यो बालुवाटारको जंगल?
ए सिंहदरबार!
सडक ओछ्याएर, आकास ओडेर
हावा पिउदै सुतिरहेका
ती कलिला भविष्यहरुबाट
कति किलोमिटरको दुरीमा छ
गणतन्त्रको एक छाक भात,
साक्षरताको किताबको खात,
आत्मनिर्भरको रोजगारी
अनी
समानताको छहारी?
ए सिंहदरबार!
कति किलोमिटर छ
देश देखि वाक्क भएर
मुटुमा देशै बोकेर
विदेशीनेहरुको लाईनको लम्बाई?
कति लिटर छ
उनिहरुले पठाएको पसिना?
कति बर्ग मिटर छ
त्यो रातो बाकस?
कति माईल टाडासम्म सुनिन्छ
चेलीहरुको चीत्कार?
कति पाईला पर छ
हर्के दाईको घरबाट मन्दिर?
कति मूल्य चल्दैछ
सहिदहरुले गरेको बलिदानको?
कति घनत्व छ
सह-अस्तित्व र पहिचानको?
ए सिंहदरबार!
वर्षौ देखि
घन्काएका परिबर्तनका नाराबाट
पटक पटक फेरिएका
संविधानका धाराबाट
विकासको गति नाप्नै सकिएन
शान्तिको बिन्दु खिच्नै सकिएन
नापियो त केवल
नयाँ नयाँ कुर्सीको चौडाई
खिचियो त केवल
ती कुर्सीमा बस्नेहरुको तस्बिर
वर्षौ देखि
जोड गरिएको विदेशी अनुदानबाट
घटाउ गरिएको स्वदेशी स्वाभिमानबाट
कति समय चल्छ देशको ढुकढुकी?
कति जनाले एक दिन खादा
रित्तो हुन्छ राष्ट्रिय ढुकुटी?
वर्षौ देखि
नग्न चिच्याईरहेको सिमानाले
पटक पटक आन्दोलनको हुरीमा
च्यातिएका झुपडिका छानाले
कति सेकेण्ड, मिनेट वा बर्षमा
सरकारलाई छुन्छ?
मैले जन्मदै बोकेको ऋण
कति पुस्तालाई भाग लगाउदा
भागफल सुन्य हुन्छ?
ए सिंहदरबार!
सगरमाथा ठमठम हिडेर
तिम्रो अगाडी उभिएर
आफ्नो उचाईको औचित्य सोध्यो भने?
सहिदगेट ब्युझिएर
आफ्नो रगतको मुल्य खोज्यो भने?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण