प्राश्नाले ल्याइन् भजन ‘जय श्री स्वस्थानी माता’
आइतबार, २५ माघ २०७७, ११ : ४७
काठमाडौँ । नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाउने ‘श्री स्वस्थानी व्रत’को विषयमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन बनाएकी छन् ।
अम्बिका शाक्यको शब्द, किरण कडेलको संगीत रहेको भजनको एरेन्ज समेत किरणले नै गरेका हुन् ।
भजनको भिडियो समेत बनेको छ । जसमा गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।
प्रशान्त तामाङको निर्देशन रहेको भिडियो सार्वजनिक लगतै प्रतिक्रिया राम्रो आइरहेको गायिका प्राश्नाले बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण