तालुखुइलेलाई खुसीको खबर
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ ।
वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो फोरसी’ (RHIZOPHORACEAE) फेमीलीको राइजोफोरा प्रजातिमा आउने मैग्रोव ट्रोपिकल र सबट्रोपिकल भु—भागमा पाइने झाडी किसिमको सानो रुख हो ।

मैंग्रोवबाट बनिने अर्कलाई ‘एविसोनिया’ मारिन भनिन्छ । यसमा प्रमुख रुपले एविसेक्विनन भन्ने रसायन पाइन्छ । यसले एक्टिभ कम्पाउन्ड एन्जाइमसँग प्रतिक्रिया गरेर कपाल झर्ने क्रमलाई रोक्छ । मूलतः कपाल झार्न भूमिका निर्वाह गर्ने शरीरको हार्मोनलाई यसले नियन्त्रित गर्छ ।
थाइल्याण्डको चुल लान्गकोर्न विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सम्मिलित ५० जना व्यक्तिमा यसको सकारात्मक परिणाम प्राप्त भएको छ । त्यसमा उनीहरुको कपाल झर्न रोकिनुका साथै नयाँ कपाल आउन थालेको नतिजा प्राप्त भएको थियो ।
चुल लान्गकोर्न विश्वविद्यालयको ‘फार्माकोग्नासी एण्ड फर्मास्युटिकल बोटनी’ संकायका प्रोफेसर बाचाइ डेनामक्कुलले मैग्रोवको अर्कबाट बनाइएको औषधी तालु खुइलिने रोगमा अत्यन्त प्रभावकारी रहेको बताए । यसले कपाल झर्न रोक्नुका साथै नयाँ कपालको विकासमा समेत मद्दत गर्छ । एउटा निजी कम्पनीले यस औषधीको व्यापारिक उत्पादन गर्ने पेटेन्ट लिएको छ । ६ महिनाभित्र यो औषधी बजारमा उपलब्ध गराउने कम्पनीले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमान्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण