बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी

बिहीबार, ०४ असार २०८३, ०२ : ४२
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'एल' अन्तर्गत इङ्गल्यान्ड र क्रोएसियाबीचको खेल २-२ गोलको बराबरीमा छ।
  • पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रोएसियाका स्ट्राइकर पिटर मुसाले गोल गर्दै खेल बराबरीमा ल्याए।
  • मुसाको गोलले इङ्गल्यान्डले दोस्रो पटक लिएको अग्रता गुमेको छ।

काठमाडौँ ।  फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्यान्ड र क्रोएसियाबीचको बहुप्रतिक्षित खेल अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ। पहिलो हाफको खेल सकिँदा दुवै टोलीले २–२ गोलको रोमान्चक बराबरी खेलेका छन् ।

पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रोएसियाका स्ट्राइकर पिटर मुसाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । उनलाई अनुभवी खेलाडी इभान पेरिसिचले गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनै लाग्दा मुसाले गोल गरेपछि इङ्गल्यान्डले दोस्रो पटक लिएको अग्रता फेरि खोसिएको छ ।

यसअघि खेलको १२ औँ (पेनाल्टी) र ४२ औँ मिनेटमा कप्तान ह्यारी केनले दुई गोल गर्दै इङ्गल्यान्डलाई अग्रता दिलाएका थिए । क्रोएसियाका लागि ३६ औँ मिनेटमा मार्टिन बटुरिनाले पहिलो गोल गरेका थिए ।

आर्लिङ्गटन स्टेडियममा जारी यो खेलमा दुवै टोलीले निकै आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन् । पहिलो हाफमै ४ गोल भएपछि खेल थप रोमाञ्चक बनेको छ । अहिले खेलमा ‘हाफ टाइम’ भएको छ र दोस्रो हाफमा दुवै टोली जितको खोजीमा मैदान उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप