जो बाइडेनको चेतावनीः अमेरिका सम्हालिएन भने चीनभन्दा पछि पर्नेछ
अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनको विषयमा एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’
बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् । यो बैठकमा उनले पूर्वाधारमा अत्यधिक खर्च गर्नुपर्ने कुरामा जोड दिए ।
एकदिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनवार्ता गरेका थिए । ह्वाइट हाउस पुगेपछि जो बाइडेनको शी जिनपिङसँग यो पहिलो फोनवार्ता थियो ।
उनले सांसदसँग भने, ‘हामीले पूर्वाधारमा खर्च बढाउन आवश्यक छ । उनीहरु (चीन) विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेका छन् चाहे त्यो यातायात साधन होस्, वातावरणसँग जोडिएका योजना हुन् वा पूर्वाधारमा अन्य मामिला, उनीहरुले अत्यधिक खर्च गरिरहेका छन् । त्यसैले हामीले पनि आफ्नो कदम बढाउनुपर्नेछ र आफ्नो स्तर सुधार्नुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण