ऋतिक रोशनले यसरी बचाएका थिए प्रियंकाका बाबुको ज्यान

एजेन्सी । ऋतिक रोशन आफ्नो सहयोगी व्यवहारका लागि चिनिन्छिन् । उनका सह कलाकारहरुले उनको सहयोगी भूमिकाबारे धेरैपटक प्रशंसा गरेका छन् । पछिल्ला दुई दशकमा धेरै कलाकारले उनको उदारताबारे बोले । अहिले प्रियंका चोपडा यो सूचीमा समावेश भएकी छिन् ।
क्रिस, अग्निपथ र क्रिस ३ मा ऋतिकसँग अभिनय गरेकी प्रियंकाले आफ्नो बाबु गम्भिर बिरामी पर्दा ऋतिकले कसरी सहयोग गरेका थिए भनेर आफ्नो पुस्तक ‘अनफिनिस्ड’ मा लेखेकी छिन् । प्रियंका क्रिस फिल्मको सुटिङमा व्यस्त भएकै बेला उनका बाबु डाक्टर अशोक चोपडा गम्भिर बिरामी भएका थिए ।
यस्तो अवस्था थाहा पाउनसाथ ऋतिक सहयोगका लागि अघि सरे । प्रियंकाले लेखेकी छिन्, ‘बलिउडमा निकै सफल रहेका ऋतिकले अविश्वसनीय रुपमा आफ्नो सम्पर्क सुत्र प्रयोग गर्दै एयर इन्डियामा फोन गरे, त्यसपछि उनले मेरा पिताको उपचार लण्डनमा गर्नका लागि तत्काल उडानको व्यवस्था गरे ।’
लण्डनमा डाक्टर चोपडालाई आवश्यक उपचार सर्जरी गरियो । अनि, उनको ज्यान बाँच्यो । प्रियंकाले ऋतिकको प्रशंसा गर्दै लेखेकी छिन्, ‘यदि मेरो वरपर ऋतिक र राकेश सरजस्ता सहयोगी र दयालु मानिस हुँदैन थिए भने मेरा बाबु नबाँच्न पनि सक्थें । यस्तो कुनै बाटो छैन, जसबाट मैले कहिल्यै उनीहरुप्रति आफ्नो कृतज्ञतालाई पर्याप्त रुपमा व्यक्त गर्न सकुँ, यो केही गम्भिर छ’ प्रियंकाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु