चीनद्वारा पूर्वी लद्दाखमा बनेको आफ्नो हेलिप्याड नष्ट
पूर्वी लद्दाखमा भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखा नजिकै फिंगर फाइभमा बनाएको आफ्नो हेलिप्याड र अस्थाई जेटीलाई चीनले नष्ट गरेको छ ।
पत्रिका टाइम्स अफ इन्डियामा छापिएको एक खबरका अनुसार अघिल्लो वर्ष भारत र चीनबीच तनाव बढेपछि चीनले पेन्गोङ्ग त्यो तालको उत्तरी किनारा नजिकै फिंगर फाइभमा हेलिप्याड र अस्थायी जेटी बनाएको थियो ।
तर अब सेनाको डिसइन्गेजमेन्टको प्रक्रियाको आधारमा चीनले यी ढाँचालाई नष्ट गरिरहेको छ ।
पछिल्ला दिनमा यी दुई देशबीच फेब्रुअरी १० देखि पेन्गोङ्ग त्योमा डिसइन्गेजमेन्ट प्रक्रिया सुरु गर्नेबारे सहमति स्थापित गरिएको थियो । यस अनुसार दुबै पक्षले अघिल्लो वर्ष अप्रिल पछि लाइन अफ एक्चुअल कन्ट्रोल नजिकै फिंगर एरियामा बनाइएको सबै ढाँचालाई नष्ट गर्नुपर्ने र सेना आफ्नो पुरानो पोजिसनमा फर्कनुपर्ने थियो ।
पत्रिकाका अनुसार डिसइन्गेजमेन्ट प्रक्रियाका अनुसार चिनियाँ सेना पेन्गोङ्ग त्सोको उत्तरमा रहेको फिंगर ८ बाट पूर्वतफए श्रीजप प्लेनतर्फ फर्किरहेको छ जबकी भारतीय सैनिकले पश्चिमतर्फ फिंगर २ र फिंगर थ्रीबीच रहेको धन सिंह थापा पोस्टतर्फ फर्किरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण