मुख्यमन्त्री पोखरेलले भने- ‘घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउने गृहकार्य गर्दैछौं’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका दुईवटा उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् । घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घोराही र तुलसीपुर उपमहानगरलाई गाभेर महानगरपालिका बनाउने गरि सबै तयारी सुरु गरिएको बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पोखरेलले यसअघि नै प्रदेशमा दाङ, बुटवल र नेपालगञ्ज गरेर तीनवटा उपमहानगर बनाउने नीति तथा कार्यक्रममा घोषणा गरेका थिए । ‘विकासको प्रकृयालाइ अघि बढाउन दाङको घोराही, तुलसीपुरलाई मिलाएर हामीले महानगर बनाउने गृहकार्य सुरु गरिसकेका छौं, यसलाई प्रकृयागत रुपमै टुङ्ग्याउछौं’ घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई छेउमा राखेर पोखरेलले भने ।
दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने कुरा केही महिनादेखि चर्चामा आएको थियो । महानगर बनाउने क्रममा घोराही र तुलसीपुरका मेयरले सकारात्मक प्रतिकृया दिँदै मुख्यमन्त्रीले ल्याएको योजनालाई सघाउने तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेल पनि महानगरपालिका बनाउने सवालमा उत्साहित भएर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण