कोभिड-१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान
एजेन्सी । कोभिड–१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, “युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट अनुमोदन गरिएको अनुदान खडेरी र कोरोनाभाइरस प्रभावित अफगानी नागरिकलाई नियमित र पूर्वानुमान नगद सहयोग प्रदान गर्नेछ ।” साथै उक्त रकम खाद्य र पोषण सुरक्षा सुधार ल्याउने काममा पनि प्रयोग गरिनेछ ।
प्राप्त विवरणअनुसार अनुदानले अफगानिस्तानमा खडेरीबाट निम्तिने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सफल कार्यक्रम निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । “लाखौं अफगानीलाई गरीबीको चरम समस्यामा पु¥याई विस्थापित हुने जोखिममा पुर्याएको खडेरी र महामारीको असर कम गर्न कार्यक्रमले सहयोगी भमिका खेल्ने विश्व वैंकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण