प्रितिको किंग्स् एलेभेन पञ्जाबमा शाहरुखको इन्ट्री
एजेन्सी । फिल्म होस् वा आइपिएल बलिउड सेलिब्रेटी सधैं चर्चामा रहन्छन् । अहिले, आईपिएलको लिलामीका दौरान प्रिति जिन्टा निकै चर्चामा छिन् । किंग्स् इलेभेन पञ्जाब उनको स्वामित्वको क्लब हो । र, उनी चर्चामा तानिनुको कारण पनि रोचक छ ।
खासमा आइपिएलमा सबै टिमले केही नयाँ खेलाडी भित्र्याएका छन् । किंग्स इलेभेन पञ्जावले ९ जना नयाँ खेलाडी भित्र्याएको छ । यसमध्ये एक खेलाडी तमिलनाडुका हुन् र उनको नाम शाहरुख खान हो । किङ खान भनेर चिनिने अभिनेता शाहरुखसँग नाम मिलेकै कारण यी दायाँहाते ब्याट्सम्यान तथा राइट आर्म स्पिनर अहिले निकै चर्चामा छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले लेखेका छन्– ‘आखिर, विर–जारा मिलेरै छाडे ।’
अभिनेता शाहरुख र प्रिति ‘विर–जारा’ फिल्ममा रोमान्टिक जोडी बनेर देखिएका थिए । प्रितिले १९९८ मा बलिउड डेब्यु गरेकी थिइन् र उनको पहिलो फिल्म ‘दिल से’ मा पनि शाहरुख र मनिषा मुख्य भूमिकामा थिए । एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘प्रितिले शाहरुखको फिल्ममार्फत बलिउड डेब्यु गरेकी थिइन्, अहिले शाहरुलाई आइपिएलमा डेब्यु गराइन् ।’ अभिनेता शाहरुख पनि आईपिएलबाट बाहिर छैनन् । कोलकाता नाइट राइडर्स (केकेआर) उनको स्वामित्वको क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण