रुबीना बनिन् बिग बोसको विजेता
रुबीना दिलाइक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।
अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् ।
फिनालेमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण