प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरे : महामन्त्री सिंह
बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपा विवादले देश संकटमा परेको जनाएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सिंहले नेकपामा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् ।
सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्म निरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने बताए । उनले भने, ‘नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्यो ।’ यस्तो बेला विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउने बताउँदै धर्म निरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनले बताए ।
सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप लगाए । ‘छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्’ उनले भने । महामन्त्री सिंहले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत गरे । सो पार्टीले सङ्घीय सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण