फेसबुकद्वारा अष्ट्रेलियामा सामाचार सेयरमाथि लागेको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा
फेसबुकले आफ्ना अष्ट्रेलियाका प्रयोगकर्तामाथि समाचार सामग्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा गरेको छ ।
अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको थियो । अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।
यता फेसबुकले भने आफ्नो समाचारको रिच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।
अष्ट्रेलियाका वित्तिय मन्त्री जोस फ्राइडेनबर्गले केही दिनमा फेसबुकले ती पेजहरु खोल्न अनुमति दिने बताएका छन् ।
मंगलबार प्रकाशित एक वक्तव्यमा कानुनमा केही परिवर्तन ल्याइने जानकारी दिए ।
फेसबुकले पनि मंगलबार अष्ट्रेलियाको सरकारसँगको पछिल्लो छलफलमा आश्वासन मिलेको बताएको छ ।
‘हामीले छानेका साना तथा स्थानीय तहका प्रकाशकलाई हामीले सहयोग गर्न सक्ने वातावरण सिर्जनाका लागि सहमति भएको छ,’ फेसबुकमा समाचार साझेदारीका उपाध्यक्ष क्याम्पबेल ब्राउनले भने ।
फेसबुकको आफ्नो सोकेस उत्पादन छ जसमार्फत् यसले मिडिया संस्थालाई आफ्नो सामग्री प्रकाशित गरेबापत् रकम भुक्तानी गर्छ ।
यद्यपि, अष्ट्रेलियाली सरकारले भने फेसबुकमा सेयर र पोस्ट भएका समाचारका लिङ्कका लागि पनि भुक्तानी माग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
