लाइभ कार्यक्रम चलाइरहेका सञ्चारकर्मीलाई बन्दुक तेर्स्याइयो, यसरी लुटियो (भिडियोसहित)
इक्वेडरका एक टेलिभिजन रिपोर्टर र उनको क्यामेरा ‘क्रू’ लुटपाटमा परेका छन् । त्यो पनि लाइभ कार्यक्रम सञ्चालन गरिरहेका बेला ।
मास्क लगाएका एक लुटेराले १२ फेब्रुअरीमा डिएगो ओर्डिनोलालाई बन्दुक तेर्स्याएका हुन् । इक्वेडरको डाइरेक टिभी स्पोर्टस्का यी रिपोर्टर उक्त दिन इसिड्रो रोमियो कार्बो मोनुमेन्टल रंगशालाबाहिर रिर्पोटिङ गर्दै थिए, यो रंगशाला स्थानीय बार्सिलोना एससी फुटबल क्लबको गृह मैदान हो । यति नै बेला बेसवल क्याप र अनुहारमा मास्क लगाएका एक व्यक्ति उनीसामु आएर बन्दुक तेर्स्याए । यी बन्दुकधारीहरुले क्रूका सदस्यहरुसँग टेलिफोनहरू मागे । त्यसपछि क्रूका एक सदस्यले आफ्नो स्मार्टफोन दिए । त्यो स्मार्टफोन बोकेर उनी टोलीलाई स्तब्ध पार्दै भागे ।
ओर्डिनोलाले ट्वीटरमा शेयर गरेपछि यो भिडियो भाइरल बनेको छ। ‘हामी शान्तसँग काम गर्न पनि सक्दैनौ । आज १ बजे मोनुमेन्टल रंगशालाबाहिरै यस्तो घटना भयो,’ ओर्डिनालाले लेखेका छन् । यस घटनापछि एक क्यामेराम्यानले बन्दुकधारीलाई पिछा गरेका थिए, ती बन्दुकधारी मोटरसाइकलमा पछाडि बसेर भागेका छन् । भिडियोलाई लाखौं पटक ट्वीटरमा मात्रै हेरिएको छ । अन्य सामाजिक सञ्जालमा पनि यो भिडियो भाइरल बनेको छ ।
ओर्डिनोलाले त्यसयता फेरि ट्वीट गर्दै समर्थनका लागि मानिसहरुलाई धन्यवाद दिएका छन् । प्रहरीले लुटेरालाई पक्राउ गरेर न्याय दिने वाचा गरेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण