टी–ट्वान्टी क्रिकेटको उपाधि जनकपुरलाई
पोखरा । पोखरामा सम्पन्न अन्तर क्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन क्रिकेट क्लबमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधिमा जितेको हो ।
खेलमा पहिलो व्याटिङ्ग गरेको चितवनले अन्तिमसम्म राम्रो प्रदर्शन गर्न सकेन । चितवनले ७२ रनको योगफल तयार पार्दा रोविन शर्माले १५ र संघर्ष पौडेलले १२ रनको पारी खेल्न सके । अन्य ब्याट्सम्यानले प्रदर्शन योग्य खेल देखाउन सकेनन् । जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २÷२ विकेट बाँडेका थिए ।
जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजयी लक्ष्य प्राप्त ग¥यो । जनकपुरका अक्वर अलिले अभिजित ३२ र शोभाकान्त पाण्डेले १५ रन बनाए । चितवनको बलिङ्गमा संघर्ष पौडेलले ३ विकेट लिए ।
प्रतियोगितामा जनकपुरका राहुल प्रताप सिंह सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै जनकपुरकै शोभकान्त पाण्डे उत्कृष्ट बलर र चितवनका साकार ढकाल उत्कृष्ट ब्याट्सम्यान भए । जितसँगै जनकपुरले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्यो भने चितवनले ट्रफी पुरस्कार प्राप्त गर्यो ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण