शीर्ष चारमा रहने लिभरपुलको आशा कायम
मङ्गलबार, ०३ चैत २०७७, ०८ : ५५
वुल्भरह्याम्पटन वान्डरर्समाथि संघर्षपूर्ण जीत निकाल्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने आशा कायम राखेको छ । पहिलो हाफको इन्जुरी समयमा आफ्नो पूर्व क्लबबिरुद्ध डिएगो जोटाले गरेको एक मात्र गोल निर्णायक बन्यो । गत सेप्टेम्बरमा जोटा वुल्भ्सबाट लिभरपुलसँग अनुबन्ध भएका थिए ।
खेलमा वुल्भ्सका गोलकिपर रुई प्याट्रिसियोको टाउको चोट लागेपछि मैदान छाड्न बाध्य बने । मोहमद शालहलाई गोलगर्नबाट रोक्न खोज्दा उनी कप्तान कोनर कोडीसँग ठोक्किन पुगेका थिए ।
जीतपछि लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ । २९ खेलबाट लिभरपुलको ४६ अंक रहेको छ । चौथो स्थानमा रहेको चेल्सीभन्दा ५ अंकले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण