बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

शुक्रबार, ०६ चैत २०७७, १९ : ३५
शुक्रबार, ०६ चैत २०७७

एजेन्सी । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रीलङ्कामा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३०० रहेको मन्त्रालयले पुष्टि गर्दै अहिलेसम्म कूल ८९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो ।

श्रीलङ्कामा अहिलेसम्म कूल ८५ हजार ९४४ जना सङ्क्रमणमुक्त बनेका छन् भने दुई हजार ६९३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यहाँ कोभिड–१९ सङ्क्रमित ५३८ व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्कामा अहिलेसम्म आठ लाख व्यक्तिले खोप लिइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप