अष्ट्रेलियाः संसद् भवनमा रेकर्ड भएका अश्लील भिडियो सार्वजनिक, सांसदका लागि यौनकर्मीसमेत आएको खुलासा
अष्ट्रेलियाको संसद् भवनमा यौन गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ ।
प्रधानमन्त्री स्कट मोरिसनले उक्त भिडियोलाई ‘अपमानजनक’ बताएका छन् ।
यसअघि एक महिलाले संसद भवनमा आफूमाथि यौन शोषण गरिएको र सरकारसँग विभिन्न महत्वपूर्ण व्यक्तित्वहरुको जानकारी हुँदासमेत आरोपीमाथि कुनै कारवाही नभएको आरोप लगाएकी थिइन् ।
ब्रिटानी हिगिङ्ग्सले आफूलाई एक सांसदले संसद भवनभित्र सन् २०१९ को मार्चमा यौन उत्पीडन गरेको र यसबारे प्रहरीलाई नभन्न दबाब दिइएको आरोप लगाएकी थिइन् ।
यो नयाँ भिडियो के हुन् ?
यी नयाँ भिडियोलाई एक पूर्व सरकारी कर्मचारीले अष्ट्रेलियाली मिडियालाई प्रदान गरेका हुन् । अष्ट्रेलियाका पत्रिका द अष्ट्रेलियन र च्यानल टेनले संसद भवनभित्र भएका यौनजन्य गतिविधि जारी गरेका हुन् । भिडियो एक ह्विसलब्लोअरको तर्फबाट लिक गरिएको हो । भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियाका महिला सांसद र सर्वसाधारणको तर्फबाट सरकारको विरोध एकपटक पुनः तात्तिएको छ । सरकारले समयमा नै कारवाही नगर्दा मानिसहरु रिसाएका छन् ।
टम नामका ह्विसलब्लोअरले अष्ट्रेलियाको मिडियासँगको कुराकानीमा सरकारी कर्मचारी र सांसदले प्रार्थना गर्ने कोठालाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रयोग गर्ने गरेको जानकारी दिए । उनले संसद भवनभित्र सांसदका लागि यौनकर्मी ल्याउने गरेको खुलासा गरे ।
टमका अनुसार कर्मचारीको एक समूहले एक–अर्काका नीजि तस्बिर सेयर गर्ने गर्दथे । उनले भने, ‘यो संस्कृति बनेको थियो जहाँ पुरुषले जे चाह्यो त्यहि गर्न सक्थे ।’
यद्यपि, टमले आफूलाई कुनै पनि सांसदले कानून तोडेको जस्तो नलागेपनि नैतिक रुपमा उनीहरु पतित भइसकेको बताएका छन् ।
भिडियो सार्वजनिक भएपछि एक सहयोगीलाई तत्काल हटाइएको छ । सरकारले थप कारवाही अघि बढाउने जानकारी दिएको छ । क्याबिनेट मन्त्री करेन एन्ड्रुजले अब आफू थप मौन बस्न नसक्ने बताएकी छिन् । महिला मामिलाकी मन्त्री मेरिस पेनले संसद भवनको ‘वर्कप्लेस कल्चर’ को विषयमा अनुसन्धान हुनुपर्ने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण