उत्तरी चीनमा कोइला खानी दुर्घटना, चार जनाको मृत्यु
शुक्रबार, १३ चैत २०७७, १४ : २६
एजेन्सी । उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्मीहरुले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।
बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
रेखाले युट्युबमा सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?