बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते

आइतबार, १५ चैत २०७७, १० : ४०
आइतबार, १५ चैत २०७७

क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् ।

उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमला दिउँसो भएको हो । प्रहरीले प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरेका छन् । केही मानिसहरुले घटनाको भिडियो बनाएका थिए । यसलाई पछि सोसल मिडियामा पनि पोस्ट गरिएको छ ।

वरिष्ठ प्रहरी अधिकारी फ्रेन्क जंगले एक पत्रकार सम्मेलनमा भने, ‘चक्कू हमलामा ६ पीडित घाइते भएका थिए । एक पीडितको मृत्यु भयो । पीडित एक महिला थिइन् ।’

लाइब्रेरीको अगाडि बसेका पत्रकारलाई फ्रेन्कले भने, ‘हाम्रो मान्यता छ कि संदिग्ध एकजना मात्रै छन् । यसलाई हामीले हिरासतमा लिएका छौं । प्रश्न यो छ कि हमला किन भयो ?’

पीडितसम्बन्धि थप जानकारी साझा गरिएको छैन ।

भिडियोमा देखिए अनुसार एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनको हातमा चक्कू छ र उनी आफैं पनि घाइते छन् । उनको स्थितिबारे कुनै जानकारी प्राप्त छैन । प्रहरी अधिकारीका अनुसार संदिग्धको आपराधिक रेकर्ड पनि छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उत्तरी भ्यानकूवरको यो घटनाका पीडितका लागि ट्वीटरमा लेखे, ‘क्यानडाका सबै जनता तपाईंहरुका लागि उदास छन् र घाइते चाँडै निको हुन् भने कामना गरिरहेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप