बेलायतमा आजको तापक्रम पाँच दशकयताकै उच्च
लन्डन । बेलायतमा आज (मंगलबार)को तापक्रम विगत ५३ वर्षयताको मार्चमध्यकै सबै भन्दा बढी हुने बताइएको छ । आजको तापक्रम २४ डिग्रीसम्म पुग्नेछ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ । साथै आजको तापक्रम यस वर्षको पनि सबैभन्दा उच्च तापक्रम हो । सन् १९६८ को मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।
कोरोना संक्रमणको महामारीका कारण इङ्ग्ल्यान्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक रुपमा बढेको हो । लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगतको तुलनामा निकै घमाइलो बनेको थियो । उक्त दिन इङ्ग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरूसँग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए ।
कोरोना संक्रमण दर र मृत्युदरमा केहि कमी आएपनि युरोपका केहि मुलुकमा संक्रमणको तेस्रो लहर शुरु भएपछि बेलायतमा पनि विशेष सतर्कता अपनाउनुपर्ने सरकारले बताउँदै आएको छ । लकडाउन सहज गरिएपनि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण एक लाख २६ हजार बढीको मृत्यु भइसकेको छ भने ४३ लाख ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज खोप वितरण भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण