साउदी अरबमा ‘देशद्रोह’ को आरोपमा ३ सैनिकलाई मृत्युदण्ड
एजेन्सी । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देश द्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।
मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”
विज्ञप्तिमा सैनिक अधिकारीहरू, मोहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिम लाई, उनीहरूले कोसँग राज्य विरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।
यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।
प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताइने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण