सामसङ ग्यालेक्सी एम६२ बजारमाः प्रोसेसर, क्यामेरा र ब्याट्रीमा नो कम्प्रोमाइज
काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एम६२ मा क्यामरा, प्रोसेसर र ब्याट्रीमा विशेष महत्व दिएको छ ।
फोनमा वेस्ट इन क्लास सुविधा सहित ७एनएमको ९८२५ प्रोसेर रहेको छ । बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिन यसमा ७हजार एमएच ब्याट्री जडान गरिएको छ । २५ वाटको चार्ज सुविधा रहेको यो फोन २ घण्टामा पुरा चार्ज गर्न सकिन्छ ।
६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा उपलब्ध ग्यालेक्सी एम६२ मा ४ वटा क्यामेरा रहेका छन् । जसमा ६४ मेगा पिक्सेल वाइड, १२ मेगा पिक्सेल अल्ट्रा वाइड, ५ मेगा पिक्सेल माइक्रो र ५ मेगा पिक्सेलको डेफ्थ क्यामरा रहेका छन् । यसमा फोके भिडियो खिच्न सकिने प्रविधि पनि जडान छ जुन ‘स्लो मो’मा सेल्फी खिच्न प्रयोग गर्न सकिन्छ ।

६.७ इञ्चको सुपर एमोलोइड डिस्प्ले सहितको फोन ब्लु, ग्रे र ग्रीन गरी तीन रङमा उपलब्ध छ । ग्यालेक्सी एम६२ को नेपाली मूल्य ४४ हजार ९ सय ९९ तोकिएको छ । स्पीड र पफर्मेन्सको लागि विशेष रुपमा निर्माण भएको यो फोन युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण