गौचनको बिदाइमा रोकिएन आँशु, १६ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ– सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव परिवारले बुझेका छन् ।
शव बुझेलगत्तै मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखियो । उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।
गौचनप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, बन मन्त्री विक्रम पाण्डेसहित विभिन्न दलका नेता, निर्माण व्यवसायी र शुभेच्छुक विजुली बजार पुगेका थिए ।
श्रद्धाञ्जली दिने क्रममा गौचनका परिवार आफन्त र शुभेच्छुक भावविह्वल अवस्थामा देखिन्थे ।
यसअघि गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।
तर, गृहमन्त्री जनार्दशन शर्माले बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने आश्वासन दिएपछि शब परिवारले बुझेका हुन् ।
यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका छन् । घटना घटेको तीन दिन बित्दा पनि प्रहरीले हत्यारा पक्राउ भने गर्न सकेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण