अक्सिजन अभावपछि चीनले देखायो भारतलाई सहयोग गर्ने इच्छा
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ र उनीहरुको उपचारमा आवश्यक पर्ने मेडिकल अक्सिजनको पनि कमी छ । नियन्त्रणबाहिर पुगिसकेको यस अवस्थामा चीनले सहयोग गर्ने इच्छा दर्शाएको छ ।
भारतको केन्द्रीय स्वास्थ मन्त्रालयले पनि विदेशबाट मेडिकल अक्सिजन आयात गर्नेबारे विचार गरिरहेको छ ।
तर उसको जोड चीनभन्दा पनि खाडी देश र सिंगापुरबाट अक्सिजन आयात गर्नेमा छ । कोभिड १९ लाई सिंगो मानवताको शत्रु बताउँदै चीनले अन्तर्राष्ट्रिय एकता र परस्पर सहयोग जरुरी रहेको जनाएको छ । चीनको विदेश मन्त्रालयले बिहीबार भनेको छ, ‘भारतको गम्भीर हालतलाई हामीले ध्यानमा राखिरहेका छौं । यहाँ, महामारीबाट लड्नका लागि जरुरी औषधिको तत्काल कमी छ ।’
भारतले अघिल्लो वर्ष चीनबाट मेडिकल उपकरण मगाएको थियो । यसमध्ये अधिकांशका लागि व्यापारिक सम्झौता गरिएको थियो । दुबै देशले दक्षिण एशियाली देशहरुमा कोरोना खोप निर्यात गरिरहेका छन् । तर, अब देशभित्रै गहिरिँदो कोरोना संकटका कारण भारतले खोपको निर्यातमा आधिकारीक रुपमा रोक लगाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण