आइपिएल : लयमा फर्कियो मुम्बई, राजस्थान रोयल्स ७ विकेटले पराजित
दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्स लयमा फर्किएसँगै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।
मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१६ रन बनाउँदा कप्तान रोहित शर्मा भने १४ रन बनाएर बाहिरिएका थिए ।
राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए भने मुस्तफिजुर रहमानले एक विकेट हात पारे । यसअघि ब्याटिङमा राजस्थानका लागि कप्तान सञ्जु सामसनले ४२, जोस बटलरले ४१, शिवम दुवेले ३५ र यशस्वी जैसवालले ३२ रन बनाए ।
मुम्बईका लागि राहुल चहरले दुई तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले एक/एक विकेट लिए । जितसँगै मुम्बई इन्डियन्सले अंक तालिकामा चौथो स्थानमा कायम छ । ६ खेलबाट तीन जित र तीन पराजयका साथ उसले ६ अंक नै हासिल गरेको हो । ६ खेल सकिँदा राजस्थान भने दुई जित र चार पराजयका साथ सातौं नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बैठक जारी
-
सल्यानमा सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
-
अन्य कार्यसूची संसद्मा प्रवेश नगराउन सरकारलाई कांग्रेसको चेतावनी
-
एकैपटक ६० सहसचिवको सरुवा (सूची)
-
सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्मा विरोध जारी रहन्छ
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल