आइपिएल : लयमा फर्कियो मुम्बई, राजस्थान रोयल्स ७ विकेटले पराजित
दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्स लयमा फर्किएसँगै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।
मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१६ रन बनाउँदा कप्तान रोहित शर्मा भने १४ रन बनाएर बाहिरिएका थिए ।
राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए भने मुस्तफिजुर रहमानले एक विकेट हात पारे । यसअघि ब्याटिङमा राजस्थानका लागि कप्तान सञ्जु सामसनले ४२, जोस बटलरले ४१, शिवम दुवेले ३५ र यशस्वी जैसवालले ३२ रन बनाए ।
मुम्बईका लागि राहुल चहरले दुई तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले एक/एक विकेट लिए । जितसँगै मुम्बई इन्डियन्सले अंक तालिकामा चौथो स्थानमा कायम छ । ६ खेलबाट तीन जित र तीन पराजयका साथ उसले ६ अंक नै हासिल गरेको हो । ६ खेल सकिँदा राजस्थान भने दुई जित र चार पराजयका साथ सातौं नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण