शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसारभरि एकैदिन ९ लाख नयाँ संक्रमित भेटिए, भारतमा मात्रै ३ लाख ८६ हजार

शुक्रबार, १७ वैशाख २०७८, ११ : २०
शुक्रबार, १७ वैशाख २०७८

भारतमा कोरोना अनियन्त्रित स्थितिमा पुगिसकेको छ । यसको अन्दाज यसरी पनि लगाउन सकिन्छ कि संसारभरी भेटिएका नयाँ बिरामीमध्ये करिब ४०–५० प्रतिशत भारतमा मात्रै भेटिएका छन् । पछिल्लो २४ घण्टामा संसारभरी ८.९२ लाखमा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये भारतमा मात्रै ३ लाख ८६ लाख बिरामी भेटिएका छन् । महामारीका कारण दैनिक भइरहेको मृत्युमा पनि भारत शीर्ष स्थानमा छ । पछिल्लो २४ घण्टामा संसारभरी १५,१४२ ले ज्यान गुमाएका छन् जसमध्ये भारतमा सबैभन्दा बढी ३,५०१ को मृत्यु भयो ।

मृत्युको यो आँकडा सरकारी हो । घाट र समाधि स्थलको कहानीले अरु नै कथा बयान गरिरहेको छ । भारतमा संक्रमितको दर पनि बढिरहेको छ । अघिल्लो हप्ता हरेक सय जनाको परीक्षण गर्दा १८ बिरामीको रिपोर्ट पोजेटिभ आइरहेको थियो भने अब २१ जनामा पोजेटिभ केस भेटिएको छ ।

बिरामीको संख्या यसरी नै बढिरहे स्थिति थप गम्भीर हुनसक्नेः

भारतमा जब १० लाख सक्रिय संक्रमित थिए त्यतिबेलादेखि अस्पतालमा बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको कमी हुन थालेको थियो । अब यो आँकडा ३१ लाखभन्दा बढी भइसकेको छ । यसमा हरेक दिन एक लाखभन्दा बढीको वृद्धि भइरहेको छ । यदि सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या वृद्धि भइरह्यो भने भविष्यमा यसले विकराल समस्या निम्त्याउन सक्छ । अहिले भारतमा भएको स्रोत साधनले १० प्रतिशत बिरामीलाई मात्र धान्न सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप