संसारभरि एकैदिन ९ लाख नयाँ संक्रमित भेटिए, भारतमा मात्रै ३ लाख ८६ हजार
भारतमा कोरोना अनियन्त्रित स्थितिमा पुगिसकेको छ । यसको अन्दाज यसरी पनि लगाउन सकिन्छ कि संसारभरी भेटिएका नयाँ बिरामीमध्ये करिब ४०–५० प्रतिशत भारतमा मात्रै भेटिएका छन् । पछिल्लो २४ घण्टामा संसारभरी ८.९२ लाखमा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये भारतमा मात्रै ३ लाख ८६ लाख बिरामी भेटिएका छन् । महामारीका कारण दैनिक भइरहेको मृत्युमा पनि भारत शीर्ष स्थानमा छ । पछिल्लो २४ घण्टामा संसारभरी १५,१४२ ले ज्यान गुमाएका छन् जसमध्ये भारतमा सबैभन्दा बढी ३,५०१ को मृत्यु भयो ।
मृत्युको यो आँकडा सरकारी हो । घाट र समाधि स्थलको कहानीले अरु नै कथा बयान गरिरहेको छ । भारतमा संक्रमितको दर पनि बढिरहेको छ । अघिल्लो हप्ता हरेक सय जनाको परीक्षण गर्दा १८ बिरामीको रिपोर्ट पोजेटिभ आइरहेको थियो भने अब २१ जनामा पोजेटिभ केस भेटिएको छ ।
बिरामीको संख्या यसरी नै बढिरहे स्थिति थप गम्भीर हुनसक्नेः
भारतमा जब १० लाख सक्रिय संक्रमित थिए त्यतिबेलादेखि अस्पतालमा बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको कमी हुन थालेको थियो । अब यो आँकडा ३१ लाखभन्दा बढी भइसकेको छ । यसमा हरेक दिन एक लाखभन्दा बढीको वृद्धि भइरहेको छ । यदि सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या वृद्धि भइरह्यो भने भविष्यमा यसले विकराल समस्या निम्त्याउन सक्छ । अहिले भारतमा भएको स्रोत साधनले १० प्रतिशत बिरामीलाई मात्र धान्न सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण