प्रदेश १ मा ६०७ जना कोरोना सङ्क्रमित थपिए
सोमबार, २० वैशाख २०७८, २० : २०
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा आठ, इलाममा सात, सङ्खुवासभामा छ, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा अहिलेसम्ममा सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेको छ भने निको भएर घर फर्किएकाको सङ्ख्या ३० हजार ७९ छ । अझै सक्रिय सङ्क्रमित तीन हजार ३५७ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण