बिहारमा मे १५ सम्म लकडाउन
एजेन्सी । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् । कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले आज संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।
यो बैठकबाट लकडाउनका लागि विस्तृत निर्देशन दिने तयारी छ । जागरण डटकमका अनुसार बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु देखिइरहेका छन् । सोमबार मुख्यमन्त्री नितिशकुमारले कोरोना संक्रमणको अवस्थाबारे बुझ्न उच्चस्तरीय बैठक बैठक बोलाएका थिए । बैठकमा उनले स्थानीय प्रशासन र प्रहरीलाई कोभिड प्रोटोकललाई कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण