पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु
पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ जना संक्रमितको मृत्यु भएको हो ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको छ । त्यसैगरी पोखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ का ५२ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा यही बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँको व्यास नगरपालिका–१ का ५७ वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–१६ का ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल नगरपालिका–११ का ५५ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा उपचरका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–२१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण