पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ जना संक्रमितको मृत्यु भएको हो ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको छ । त्यसैगरी पोखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ का ५२ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा यही बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँको व्यास नगरपालिका–१ का ५७ वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–१६ का ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको छ । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल नगरपालिका–११ का ५५ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा उपचरका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–२१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगललाई ४.१ अर्ब युरो जरिवाना लगाउने निर्णयको युरोपेली सङ्घले गर्यो समर्थन
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या