गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखराका ८ जना रहेका छन् भने अन्य जिल्लाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा १७ का ७३ वर्षीय पुरुष, ७ का ४५ वर्षीय महिला र पोखरा १७ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी पोखरा ८ का ५० वर्षीय पुरुष, १५ का ६५ वर्षीय पुरुष र पोखरा १७ का ३० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै पोखरा १२ का ७८ वर्षीय पुरुषको फिस्टेल अस्पताल र पोखरा २२ का ६९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
दाङको लालमटिया १ का ८० वर्षीय पुरुषको पोखरास्थित मणिपालमा मृत्यु भएको छ । त्यसैगरी म्याग्दीको बेनी ५ का ४० वर्षीय पुरुषको बेनी अस्पतालमा र बागलुङको ढोरपाटन नगरपालिका ९ का ५७ वर्षीय पुरुष, गलकोट २ का ५२ वर्षीय पुरुष,गलकोट ३ का ६४ वर्षीय पुरुष र बागलुङ नगरपालिका ४ का ७७ वर्षीय पुरुषको धौलागिरी अस्पतालमा मृत्यु भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ३१८ पुगेको छ । प्रदेशमा हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ । तीमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ जनाको परीक्षण गर्दा ५०६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१० जना पोखराका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण