प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।
गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ । स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी हिंसाबारे चिन्ता प्रकट गरेका थिए ।
आइतबार अबेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दैछ र यस बैठकमा दुई देशबीचको तनावका विषयमा छलफल हुनेछ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार गत सोमबार लडाइँ सुरु भएयता गाजामा ४१ बालबालिकासहित १ सय ४८ जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् । त्यसैगरी इजरायलमा १० जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण