गण्डकीमा थप १५ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत बागलुङका ४,मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २÷२, पर्वत, स्याङ्जा र गुल्मीका १÷१ जनाको मृत्यु भएको हो ।
प्रदेशका ७ जिल्लाका १४ जना र गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा पोखरामा निधन भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरा–१८ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा मृत्यु भएको छ । त्यसैगरी पोखरा–१३का ४६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
मुस्ताङको थसाङ–४ की ८५ वर्षीय महिलाको प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मुस्ताङको धरपजोङ–३ का ५५ वर्षीय पुरुषको मुस्ताङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । नवलपरासी पूर्व विनयात्रिवेणी–२ की ४४ वर्षीय संक्रमित महिलाको मध्यबिन्दु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्व कावासोती–११ का ४२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।
बागलुङ जिल्लाको बागलुङ–७ का ५४ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी बागलुङ ताराखोला –१ का २९ वर्षीय पुरुष, बागलुङ गलकोट–१ का ७८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी तनहुँ, ब्यास–३ का ७० वर्षीय पुरुष, तनहुँ, देवघाट–५ की ६८ वर्षीय महिला,पर्वत जलजला–४ का २८ वर्षीय पुरुष, स्याङजा गल्याङ–९ की ७२ वर्षीय महिला, गुल्मी चन्द्राकोट–७ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको समेत मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण