युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह
एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरुलाई आग्रह गरेको छ ।
मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टाइनी पक्षहरू सहमत भएकाले शो युद्धबिरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो ।
सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८ जनाको मृत्यु भएको थियो ।
घटनामा करिब २ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । इजरायली र प्यालेस्टिनीहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ । यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षीय झडपहरू भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण