कास्कीमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ५ लाख जरिवाना हुने
मङ्गलबार, ११ जेठ २०७८, २० : ०४
पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ–संस्थाले भने ५ लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर पौडेलले जारी गरेको सूचनामा निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धि २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम थप प्रभावकारी बनाउन प्रशासनले यस्तो निर्णय लिनु परेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण