भारतमा पछिल्लो २४ घण्टामा १.७९ लाख नयाँ संक्रमित भेटिए, २.६४ लाख निको भए

भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आयो । २ लाख ६४ हजार १८२ बिरामी निको भए जबकी ३,५५६ जनाको मृत्यु भयो । नयाँ बिरामीको आँकडा पछिल्लो ५४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि अप्रिल १३ मा १ लाख ८५ हजार ३०६ नयाँ बिरामी भेटिएका थिए ।
२८ राज्य र केन्द्र शासित प्रदेशमा नयाँ बिरामीको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । बिहिबार भारतमा २८,३२३ सक्रिय संक्रमित कम भए । अब २३ लाख २७ हजार ५४१ बिरामीको उपचार चलिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः १.७९ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.६४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,५५६
हालसम्म कूल संक्रमित भइसकेकाः २.७५ करोड
हालसम्म निको भएकाः २.४८ करोड
हालसम्म कूल मृत्युः ३.१८ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २३.२७ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा