भारतमा पछिल्लो २४ घण्टामा १.७९ लाख नयाँ संक्रमित भेटिए, २.६४ लाख निको भए
भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आयो । २ लाख ६४ हजार १८२ बिरामी निको भए जबकी ३,५५६ जनाको मृत्यु भयो । नयाँ बिरामीको आँकडा पछिल्लो ५४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि अप्रिल १३ मा १ लाख ८५ हजार ३०६ नयाँ बिरामी भेटिएका थिए ।
२८ राज्य र केन्द्र शासित प्रदेशमा नयाँ बिरामीको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । बिहिबार भारतमा २८,३२३ सक्रिय संक्रमित कम भए । अब २३ लाख २७ हजार ५४१ बिरामीको उपचार चलिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः १.७९ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.६४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,५५६
हालसम्म कूल संक्रमित भइसकेकाः २.७५ करोड
हालसम्म निको भएकाः २.४८ करोड
हालसम्म कूल मृत्युः ३.१८ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २३.२७ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण