भारतमा शनिबार ४७ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए
भारतमा कोरोना संक्रमितको संख्या लगातार कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाख ६५ हजार १४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो । यो आँकडा पछिल्लो ४७ दिनको सबैभन्दा कम हो । यसअघि १२ अप्रिलमा एक लाख ६० हजार ८५४ संक्रमित भेटिएका थिए ।
यद्यपि, यहाँ मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । पछिल्लो २४ घण्टामा ३,४६३ जनाको कोरोनाका कारण मृत्यु भयो । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार ३४२ जनाले कोरोनालाई जितेका छन् ।
मृत्युको बढ्दो आँकडाबीच निको हुनेको संख्यामा वृद्धि हुँदा मानिसहरुमा आशा पलाएको छ । पछिल्ला थुप्रै दिनदेखि भारतमा औसतमा २ लाख जना दैनिक निको भइरहेका छन् । पछिल्लो १० दिनको कुरा गर्ने हो भने भारतमा २७.४० लाख मानिसहरुले कोरोनालाई मात दिए । यसैकारण सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या लगातार घटिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.६५ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.६४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,४६३
हालसम्म कूल संक्रमित भइसकेकाः २.७८ करोड
हालसम्म निको भएकाः २.५४ करोड
हालसम्म कूल मृत्युः ३.२५ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २१.०९ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण