बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनर्गठनबारे काँग्रेसको प्रतिक्रिया : ‘फैसला सम्मलाई दुई चार दिनको घामछाँया’

शुक्रबार, २१ जेठ २०७८, २२ : ४२
शुक्रबार, २१ जेठ २०७८

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषद पुनर्गठनलाई फैसला सम्मलाई दुई चार दिनको घाम छायाँको संज्ञा दिएका छन् । शुक्रबार बेलुका आफ्ना भनाई सार्वजनिक गर्दै उनले समस्या प्रधानमन्त्रीमै भएकोले मन्त्री फाल्नु र पाल्नुमा फरक नभएको टिप्पणी गरेका हुन् । 

शर्माले भनेका छन्– ‘पुनर्गठन टिप्पणी प्रधानमन्त्री केपी ओलीकै भाषामा–कलेजोमा छ क्यान्सर बुढी औँलामा सिवाजल गोली ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । फैसला सम्मलाई दुई चार दिनको घाम छायाँ !’

उनले प्रधानमन्त्रीको प्रतिगामी कदम बिरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई समेत सम्झाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप