चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया
युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन ।
खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो ।
बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड रहेको थियो । खेलमा कुल ४ वटा एल्लो कार्डको प्रयोग भएको थियो । समूह डी मा रहेको क्रोएसिया यसअघि इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।
आजको खेलसँगै दुई खेल खेलेको चेक ४ अंक सहित समूह डीको शीर्ष स्थानमा पुगेको छ भने शनिबार पौने १ बजे स्कटल्याण्डसँग भिड्दै गरेको इङ्ल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । क्रोएसियाको भने जम्मा एक अंक रहेको छ । यस्तै सोही समूहको स्कटल्याण्ड अंक बिहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण