चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया
युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन ।
खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो ।
बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड रहेको थियो । खेलमा कुल ४ वटा एल्लो कार्डको प्रयोग भएको थियो । समूह डी मा रहेको क्रोएसिया यसअघि इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।
आजको खेलसँगै दुई खेल खेलेको चेक ४ अंक सहित समूह डीको शीर्ष स्थानमा पुगेको छ भने शनिबार पौने १ बजे स्कटल्याण्डसँग भिड्दै गरेको इङ्ल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । क्रोएसियाको भने जम्मा एक अंक रहेको छ । यस्तै सोही समूहको स्कटल्याण्ड अंक बिहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
-
रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु
-
कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत