पाँचथरमा पहिरोमा परेर १ जनाको मृत्यु, १ जना घाइते
सोमबार, ०७ असार २०७८, १७ : २७
पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको र शरीरमा ढुंगा बज्रिएर घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरका अनुसार आज बिहान सवा ७ बजे उनीहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरो संगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट गएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण