“९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” सूचीकरण, आजदेखि कारोबार शुरु
बिहीबार, १० असार २०७८, १२ : ३८
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ ।
गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ ।
असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण