काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे
निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।
द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले द्रुतमार्गको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र हाइब्रिज निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिए ।
सेनाको समन्वयमा चीनको ग्वान्जाओबाट चार्टर्ड उडानमार्फत सो विशेषज्ञ टोली काठमाडौँ आइपुगेको हो । उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ पस्थान गर्नेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण