ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद
सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ ।
सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए ।
अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए।
जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो ।
बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण