निषेधाज्ञामा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकालाई पनि जरिवाना
सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन ।
बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ ।
निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन् । तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन् । सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधि छुट लिन थालेका हुन् । सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठुलो भ–याङले मंगलबारदेखि सेवा सुरु गरेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण