बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट

आइतबार, १३ असार २०७८, ०७ : २७
आइतबार, १३ असार २०७८

जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र    नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत  सरकारको मातहतमा रहेको  भारतीय  रेलवे  कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिए । 

सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी  सुरु  गरिएको बताउँदै उनले रेल सञ्चालनका लागि अहिले जनशक्ति  नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट) सहित २६  जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप