लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु
विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्त्वपूर्ण काम प्रभावित हँुदै आएको छ ।
लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।
बढुवा प्रक्रिया अवरुद्ध हुँदा आठ सचिव पद रिक्त
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।
आइतबार मात्रै लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा प्रक्रिया अघि बढाएको हो । अब बढुवा सिफारिस समितिले योग्यता र जेष्ठताका आधारमा सचिव बढुवा प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण