कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।
कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।
यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।
उनले सोमबार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो मन्डिखाटारस्थित निवासमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी हुन् ।
‘पार्टीभित्र नेतृत्व गर्न आकांक्षी धेरै हुनुहुन्छ, रामचन्द्रजी र सिटौलाजी पहिलेबाट नै पार्टीका लागि धेरै दुःख गरेर आउनुभयो, मैले सबै मिलेरै अघि बढौं भनेर उहाँहरूलाई भनेकी छु,’ नेतृ कोइरालाले राजधानीसँग भनिन् ।
उनले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रूपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजासहितको छलफल गरेकी हुन् । सिटौलाले शान्ति प्रक्रियाका लागि गरेको प्रयासले कांग्रेसलाई सफल बनाएको भन्दै नेतृ कोइरालाले सिटौलासहित समेटेर आफूले नयाँ समीकरण मिलाउन खाजेको बताइन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण