साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर
सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए ।
नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिष्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको स्पष्ट पारे ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण