विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध
विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो । आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् ।
नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन । विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यस्तै, सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण